काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्य वृद्धि भएको छ । बिहीवार बैंकको सेयर मूल्य २.३० प्रतिशतले वृद्धि भएको हो ।
प्रतिकित्ता ११ रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य ४९० रुपैयाँ पुगेको छ । उक्त दिन बैंकको १३ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंकको २ लाख ९० हजार १७९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ असार २४ बिहीवार १५:२५ मा प्रकाशित