काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको पहिलो दिन नै १.४१ गुणाले ओभर सब्सक्राइब भएको छ ।
६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी ५८ लाख ५ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।
निष्काशनको पहिलो दिन ५ बजेसम्म ५ लाख १० हजार ९ सय ४५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ९१ करोड ६० हजार रकम बराबरको ९१ लाख ६०० कित्ता सेयरको लागि आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ । लगानीकर्ताले सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
वि.सं.२०७८ असार २४ बिहीवार १८:३९ मा प्रकाशित