back
NMB ad

पूर्व अध्यक्ष कार्कीको प्रश्नः बैैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स किन नदिएको ? ९० % लगानीकर्ताले हल्लाको पछि लागे

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीले बैंकका सहायक कम्पनीलाई दिन किन ढिला गरेको भन्दै प्रश्न गर्नु भएको छ ।

बोर्डले आगामी आवको नीति तथा कार्यक्रमको लागि सुझाव लिन आयोजना गरेको कार्यक्रममा यस्तो प्रश्न गर्नु भएको हो । उहाँले बैंकका सहायक कम्पनीलाई बोकर लाईसेन्स दिएको खण्डमा बजार र लगानीकर्ताको हित गर्ने, बजारमा स्थायित्व आउने बताउनुभयो । उहाँले तत्कालै बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा उहाँले सेयर बजारलाई संरचनागत रुपमा हेर्दा मूल्य, कारोबार इन्डेक्स सामान्य रहेको र सूचीकृत कम्पनी धेरै थपिन नसकेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले अहिले पनि ९० प्रतिशत लगानीकर्ता हल्लाको भरमा कारोबार गर्ने परम्परा कायमै रहेको धारणा राख्नुभयो । उहाँले बजारलाई स्थायित्व आवश्यक रहेको र सोही अनुसार काम गर्न आग्रह गर्नुभयो । कार्कीले ब्रोकरको पुँजी बढेपछि ब्रोकरको क्षमता बढाउन आवश्यक रहेको र एडभाइजरी सुझावको काम गर्न दिनुपर्ने बताउनुभयो ।

कार्कीका अनुसार अहिले पनि अनलाइन प्रणालीमा बारम्बार समस्या आइरहेको भन्दै १८, २० अर्बको कारोबार यो अनलाइन प्रणालीले थेग्न नसक्ने बताउनुभयो । सरकारी स्टक २०६४ देखि कर्पोरेट मोडलमा जाने भनेपनि अहिलेसम्म त्यो काम हुन नसकेको बताउनुभयो । कार्यक्रममा कार्कीले नेप्से र सिडिएससीको क्षमता सुधार आवश्यक रहेको बताउनुभयो ।

वि.सं.२०७८ असार २५ शुक्रवार १५:२० मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...