back
NMB ad

सेयर बजारलाई दिगो बनाउन बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ : पूर्व कार्यकारी निर्देशक थापा

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंक पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले अहिले बोर्ड बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा चौबाटोमा अलमलिएको बताउनु भएकोछ ।

धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि आयोजना गरेको सुझाव संकलन कार्यक्रममा थापाले यस्तो बताउनुभएको हो ।

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिएर सेयर बजारलाई दिगो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । थापाले वित्तीय क्षेत्र विकास रणनीतिको रिभ्यू नभएकाले सेबोन यसका लागि पनि स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।

थापाले अहिले बजारमा देखिएका समस्याहरु र क्यापिटल मार्केटको सुधार र विकासको लागि सरोकारवाला निकायहरुले के भनिरहेका छन् ? यसलाई आधार मानेर काम कारबाही अगाडि बढाउनुपर्नेमा जोडदिनुभयो ।

पुँजी बजारको विकास भएपनि अन्तर्राष्ट्रिय बजारसँग नजोडिएको भन्दै बोर्डले यसमा पहल कदमी लिनुपर्ने सुझाव दिनुभयो । बजारको विकास भएपनि राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रसँग जोडिन नसकेको अवस्था बोर्ड पथ प्रर्दशक बन्नुपर्ने थापाको भनाई छ ।

उहाँले ग्लोबल अर्थतन्त्रमा नेपालको पुँजीबजार पनि जोडिनुपर्छ भन्दै अल्टरनेटिभ फण्डमा फोकस, प्रविधिमा थप सुधार, क्यापिटलको मार्केटको विविधिकरण लगायतलाई बोर्डले आत्मसाथ गर्दै सेयर बजार दिगो बनाउने नीति निर्माण गर्न सुझाव दिनुभयो । त्यसका लागि सरकार, राष्ट्र बैंकसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सेयर बजारको जानकार केशव श्रेष्ठले बोर्डले अन्य काममा भन्दा पनि नियमनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
सेयर बजारम अहिले करिब ३७ लाख ग्राहक रहेको र उनीहरुलाई बजारबाट फर्कन नदिन बोर्डले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समयमा बोर्डले राम्रो काम गरेपनि सन्तोष गर्ने ठाँउ भने नरहेको उहाँको दाबी छ । अझै पनि टिएमएसमा समस्या रहेको भन्दै यो समस्या तत्काल समाधानको लागि बोर्डले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सेयर बजारका अर्को जानकार मुक्ती अर्यालले पुँजीबजारलाई पुँजीबजार जसरी नै चल्न दिनुपर्ने धारणा राख्नुभयो । उहाँले बजारमा ओपन इन्ट्रि र एक्जिटको व्यवस्था आवश्यक रहेको तर्क गर्नुभयो । उहाँले बजारलाई नियन्त्रण भन्दा पनि नियमन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

वि.सं.२०७८ असार २५ शुक्रवार १८:१४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...