काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको छ ।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ४७३ रुपैयाँ रहेको ३ लाख ७३ हजार ७६५ कित्ता सेयर लिलामीमामा ल्याएको हो ।
उक्त सेयर खरिद बिक्री गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरुले वा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले असार ३१ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यस भन्दा अगाडि नै ३५ दिने सूचना प्रकाशित गरि जानकारी गराईसकेको छ ।
उक्त सेयर खरिद गर्दा तोकिएको न्यूनतम मूल्य भन्दा बढी अंकित गरि आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । सेयर खरिदका लागि न्यूनतम १ सय कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ताका आवेदन दिन सकिने छ ।
बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ असार २७ आइतवार १३:५६ मा प्रकाशित