back
NMB ad

कोरोनाविरुद्ध खोपको अभाव व्यहोर्नु पर्दैन, २०२१ भित्र सबैलाई खोप लगाइसक्छौंः प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने बताउनुभएको छ ।

वीर अस्पतालको नवनिर्मित सल्यचिकित्सा भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले हिजो मात्र खोपको थप मात्रा प्राप्त भएको, भोलीसमेत आउने र अब निरन्तर ल्याउनका लागि सरकार लागि परेको बताउनुभयो  ।

‘कोभिड विरुद्धको खोप गति साथ ठूलो संख्याका जनतालाई दिन विभिन्न देश र कम्पनीहरुसँग सहमति र संवाद गरिरहेछौं  यसरी लगभग सन् २०२१ भित्र मोटमोटी सबै जनसंख्यालाई हामी खोप लगाइसक्छौं’, उहाँले भन्नुभयो ।

यस अवधिमा सामाजिक दुरी कायम राख्ने, मास्कलगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने काम भने संसारभरबाट कोभिड १९ समाप्त नभएसम्म जारी राख्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारले निरोगी नेपालको मुख्य अवधारणा लिनुका साथै रोग लागि हालेमा प्रभावकारी र सफल चिकित्सा पद्धतिमार्फत उपचार सेवा जनतासमक्ष लैजाने जानकारी गराउनुभयो । यस्तो उपचार जनताको क्रय शक्ति भित्रकै रहोस् र खर्चिलो उपचार सेवासमेत बीमाले समेट्दै जाने बनोस् भन्ने पक्षमा सरकार रहेको बताउनभयो ।

नेपाली भूमि ज्ञानको उत्पत्तिस्थल भएकाले चिकित्सा शास्त्र, शल्य क्रिया जस्ता विषयको ज्ञान यही प्रादुर्भाव भएको पनि जानकारी गराउनुभयो । ‘हाम्रा पुर्वज अन्धविश्वासी थिएनन् अनुसन्धान गरेको आधारमा विभिन्न जडिबुटिका औषधीय गुणका साथै दुई हजार वर्षअघि श्रूसुत संहिता चरक संहिता निस्किसकेका थिए ।

‘यस्तो शिक्षालाई शासकले अघि नबढाएका कारण शिक्षा निषेध हुन थालेपछि त्यो ज्ञानको प्रसार हुन पाएन परिवारमा सिमित भयो’ उहाँले भन्नुभयो । अब नेपालको चिकित्सा शिक्षा बलियो र भरपर्दाे भएको बताउदै आफ्नै अनुभवमा विदेशको तुलनामा भन्दा नेपालको उपचार धेरै सजिलो महशुस गरेको समेत प्रधानमन्त्रीले बताउनुभयो ।

नेपाललाई चिकित्सा शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने बताउँदै उहाँले दुवाकोटमा समेत वीर अस्पतालको विस्तारले पनि थप उर्जा दिने बताउनुभयो । नेपालमा जति सस्तो उपचार सेवा अन्यत्र नभएको समेत प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

अस्पतालका स्वास्थ्यकर्मी तथा व्यवस्थापनले कसरी विरामीसँग व्यवहार गर्ने भन्ने सम्बन्धमा सचेत हुनेपर्ने बताउँदै प्रधानमन्त्रीले बिरामीको आधा रोग मनोबल कसरी बढाउँदा नै निको पार्न सकिने कुुरालाई चरितार्थ गरिनुपर्ने बताउनुभयो । अस्पताललाई अबिलम्ब पूर्ण क्षमतामा लैजाने र त्यसक्रममा नचाहिएको सामान किनेर निस्कृय बनाउने काम गर्नुनहुने भनाई प्रधानमन्त्रीको छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमले २०७४ साल फागुन २५ गते शिलान्यास भएको सर्जिकल भवन समय भन्दा अगाडि नै निर्माण सम्पन्न हुनु खुसीको विषय भएको बताउनुभयो ।

सर्जिकल  भवनको निर्माणबाट वीर अस्पतालमा थप ५०० शैया थपिएको बताउँदै अब नयाँ भवनमा कोभिड र पुरानो भवनमा गैर कोभिडको उपचार गर्न सहज भएको बताउनुभयो । अस्पताल पूर्ण क्षमतामा संचालनहुँदा दुई सय वटा सघन  उपचार कक्ष र एक सय वटा डायलायसिस सेवा दिने सैया बन्ने तथा छुटै जेष्ठ नागरिक वार्ड निर्माण गरिने जानकारी दिनुभयो ।

वि.सं.२०७८ असार २७ आइतवार १४:०४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...