काठमाडौं । सिवाईसी नेपाल लुघवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्थाले असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
सिवाईसी नेपालले शालिग्रामलाई प्राप्ति (एक्विजशन) गरे पश्चात उक्त दिनदेखि सिवाईसी नेपाल नामबाट एकीकृत कारोबार शुभारम्भ हुने भएको हो ।
दुवै संस्थाहरुले गत जेठ २४ गते छुट्टाछुट्टै स्थानमा भएको विशेष साधारणसभाबाट प्राप्ति सम्वन्धी प्रस्ताव पारित गरेको थियो ।सिवाईसी नेपालले असार १५ गते राष्ट्र बैंकबाट र असार २५ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट शालिग्राम लघुवित्तलाई प्राप्ति हुने अन्तिम स्वीकृत पाएको थियो ।
प्राप्ति पश्चात संस्थाको रजिष्टार्ड केन्द्रिय कार्यालय सिवाइसी नेपालको प्रधान कार्यालय बागलुङ नगरपालिका–३ समिक्षालयरोडमा कायम हुने सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ असार २७ आइतवार १४:५४ मा प्रकाशित