back
Mega Long Ad

लगानीकर्ताको मुहारमा पुनः खुसी फर्काउँदै सेयर बजार, कारोबार रकमले दियो साथ

काठमाडौं । केही समयको गिरावटपछि सेयर बजारका लगानीकर्ताको अनुहारमा पुनः खुसी फर्किएको छ ।

साताको पहिलो दिन आइतबार कारोबारको सुरुदेखि नै सुधारको बाटोमा लागेको बजार अन्तिम समयमा दोहोरो अंकको बढोत्तरीमा रोकिएको छ ।

बजार मापन गर्ने सूचक ७४.७१ अंकले बढेर परिसूचक २८९९.८२ बिन्दुमा रोकिएको छ । २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँको सेयर किनबेच भएको छ ।

केही समयपछि बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार सबै समूहको उपसूचकमा सुधार देखिएको छ । यो दिनको कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त कम्पनी, निर्जीबन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा समूहको उपसूचकमा निकै सुधार देखिएको छ ।

अन्य समूहको उपसूचकमा पनि सुधार देखिएको छ । आइतबारको कारोबारमा कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा देखिएको छ । बैंकको ३९ करोड ९६ लाख ११ हजार ५९५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र नेपाल बैंक रहेका छन् ।

वि.सं.२०७८ असार २७ आइतवार १५:१८ मा प्रकाशित

You can share this post!

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

वि.सं.२०७८ असोज ५ मंगलवार १०:३७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले सेयरधनीहरुलाई नगद लाभांश दिने भएको...

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...