काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा हेर्न मिल्ने भएको छ । आज बाँडफाँड भएको उक्त आईपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको https://result.nmbcl.com.np/ मा हेर्न सकिने भएको हो ।
यस्तै, मनकामनाको वेबसाइट, मेरो सेयर सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ ।
आइपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड भएको हो । ३६ हजार ३४७ जनालाई १० कित्ता र २ जनालाई ११ कित्ता गरी ३६ हजार ३४९ जनाले आईपीओ हात पारेका छन् ।
कम्पनीले असार १७ देखि २१ गतेसम्म कुल ३ लाख ८९ कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको थियो ।
वि.सं.२०७८ असार २८ सोमवार १२:२७ मा प्रकाशित