काठमाडौं । आज असार २९ गते राधी विद्युत कम्पनीले साधारणसभा गर्ने भएको छ ।
समभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ३६.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । साथै बोनसपछि चुक्ता पुँजीबाट १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असार १५ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
वि.सं.२०७८ असार २९ मंगलवार १०:२९ मा प्रकाशित