काठमाडौं । आज सुनको मूल्य वृद्धि भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन ९२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघले आजका लागि तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि उकालो लागेको छ । आज तोलामा १० रुपैयाँले बढेको चाँदीको मूल्य १३ सय २० पुगेको छ । अघिल्लो कारोबार दिन १३ सय १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ असार २९ मंगलवार १०:५० मा प्रकाशित