काठमाडौं । सर्वत्र चर्चामा रहेको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)ले अहिलेसम्म गरेका काम र आगामी तीन वर्षमा गर्ने कामको बारेमा सरकारले सार्वजनिक गरेको छ ।
राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालिन खर्च संरचना (आर्थिक वर्ष २०७८/०७९–२०८/०८१) तथा बार्षिक विकास कार्यक्रम प्रतिवेदनमा उल्लेख रहेको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार अहिले सबस्टेन र प्रसारण लाइनको विस्तृत डिजाइन र राउटिङ भई बोलपत्र तयार भएको सरकारबाट वाताबरणीय प्रभाव मूल्याङकन स्वीकृत भएको छ ।
रातमाटे सबस्टेशनको लागि १८९ मध्ये १७८ कित्ता जग्गा प्राप्ति भएको १७५ कित्ता जग्गा प्राप्ति भएको छ । १७५ परिवारलाई १ अर्ब २६ करोड मुआब्जा वितरण भएको र यो कार्य अन्तिम चरणमा रहेको विद्युत नियमन आयोग र सडक विभागसँग प्राविधिक सहयोग सम्बन्धि सम्झौता भएको छ । सडक विभागलाई प्रयोगशाला उपकरण हस्तान्तरण गरिएको छ ।
आगामी तीन वर्षमा प्रशारण लाइन पुनर्वास कार्य योजना सञ्चालन प्रशारण लाइनको अतिरिक्त सर्वेक्षण (३० किमि) सम्पन्न भएको छ । आयोजना प्रभावित २० प्रतिशत व्यक्तिलाई मुआब्जा वितरण तथा एमसीए नेपाल पार्टनरशिप प्रोग्रामको १० प्रतिशत कार्य सम्पन्न भएको छ । विस्तृत सर्वेक्षण तथा डिजाइन सम्पन्न भएको छ । सबस्टेसनहरुको ५५ प्रतिशत निर्माण सम्पन्न उपकरण जडानको लागि १५ प्रतिशत सम्पन्न भएका छ । आयोगका अनुसार धानखोला–शिवखोलाको ३७ किलोमिटर सडक खण्डको मर्मत सम्भार सुचारु भएको हुने भनिएको छ ।
आर्थिक वर्ष २०७८-०७९ मा रुख कटान र वन जग्गाको उपयोगको लागि एमसीसी नेपाल र वन मन्त्रालयबीच सम्झौता गर्ने गैरवन भूमि हस्तान्तरण प्रोटोकलका लागि सरकारबाट प्राप्त प्रतिबद्धता पत्र जारी गर्ने योजना रहेको छ । सरकारबाट भूमि जग्गा स्थानान्तरण प्रोटोकल स्वीकृत गर्ने, एमसीसी नेपाल पार्टनरसीप प्रोग्राम कार्यान्वयन गर्ने, सडक विभाग, प्रयोगशाला शाखालाई सुपरपेभ र फूलडेप्थ रेक्लामेसन प्रविधिसँग सम्बन्धित अत्याधुनिक उपकरण प्रदान र तालिम सञ्चालन गर्ने योजना रहेको छ ।
विद्युत प्रशारण लाइन निर्माण तथा राष्ट्रिय राजमार्गको कोही भाग आधुनिक तवरले मर्मत गर्ने उद्देश्यले आव २०७२/०७३ बाट सुरु भएको आयोजना २०८३/०८४ मा सम्पन्न हुनेछ । यसको लागि ६४ करोड ७ लाख ५० हजार अमेरिकी डलर (करिब ७० अर्ब ५० करोड ) लागत रहेको छ । आयोगका अनुसार आयोजनाको लागि ३ वटा सब स्टेशन,करिब ३१५ किमि प्रशारण लाइन निर्माण र करिब ७७ किमि राष्ट्रिय राजमार्गको आधाुनिक तवरले मर्मत गर्ने लक्ष्य रहेको छ ।
वि.सं.२०७८ असार २९ मंगलवार १८:२६ मा प्रकाशित