back
NMB ad

सरकारले वृद्धि गरेको श्रमिकहरुको न्युनतम तलब सबैमा लागू हुँदैन : निजी क्षेत्र

Kumari bank ad

काठमाडौं । निजी क्षेत्रका संस्थाहरुले निर्वाधरूपमा उद्योग व्यवसाय संचालन गर्ने वातावरण बनाई राख्ने काममा सहयोग पु¥याउन सम्पूर्ण श्रमिकहरू सहित सम्पूर्णलाई अपिल गरेका छन् ।

मंगलबार संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै औद्योगिक शान्ति कायम गरी विद्यमान कठिन परिस्थितिबाट चा“डो बाहिर निस्कन व्यवसाय संचालनका लागि वातावरण सृजना गर्न अपिल गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्वर अफ कमर्स संयुक्तरूपमा जारी विज्ञप्तिमा भनिएको छ– ‘कोरोना महामारीबाट उत्पन्न विषम र असहज परिस्थितिका कारण सम्पूर्ण उद्योग व्यवसायले ठूलो नोक्सानी व्यहोर्नु परेको अहिलेको अवस्थामा उद्योग र रोजगारी दुबैको बचाउ गर्नु पहिलो आवश्यकता हो । यसर्थ संकटग्रस्त र थलिएका उद्योग व्यवसायको पुनरूत्थान र पूर्ववत अवस्थामा फर्काउन सम्पूर्ण श्रमिकहरूले समझदारीका साथ थप प्रयास गर्नुको विकल्प छैन ।’

‘सरकारले हाल निर्धारण गरेको न्यूनतम पारिश्रमिक, पारिश्रमिक बृद्धि नभई न्यूनतम पारिश्रमिकको दरको बृद्धि मात्र हो’–विज्ञप्तिमा भनिएको छ ।

सरकारबाट चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूको लागि हाल कायम रहेको न्यूनतम पारिश्रमिक पुनरावलोकन भएको छ । साउन १ गतेदेखि लागू हुने गरि मंहगी मत्ता सहित १५ हजार रुपैया निर्धारण गरेको छ । यसअघि १३ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

तर, न्यूनतम पारिश्रमिकमा भएको बृद्धि सबै तहका श्रमिक कामदारको पारिश्रमिकमा बृद्धि नभएको निजी संस्थाहरुले स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ,–न्यूनतम पारिश्रमिक भन्दा माथिको पारिश्रमिक प्रतिष्ठानले आफ्नो आर्थिक अवस्था अनुसार तय गर्ने हु“दा न्यूनतम पारिश्रमिकमा भएको बृद्धि रकम सबैले पाउनु पर्छ भन्ने होइन ।

वि.सं.२०७८ असार २९ मंगलवार १९:०२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...