काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहितका ४ जना मन्त्रीले शपथ ग्रहण गर्नुभएकाे छ । देउवाकाे नेतृत्व गठित मन्त्रीमण्डकाे गृह मन्त्रालयको जिम्मेवारी बालकृष्ण खाडलाई दिईएकाे छ ।
यस्तै कानुन मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की, ऊर्जा मन्त्रीमा पम्फा भुसाल र अर्थ मन्त्रालयकाे जिम्मेवारी जनार्दन शर्मालाई दिईएकाे छ । अन्य मन्त्रालयकाे जिम्मेवारी बाँडफाँड गर्न बाँकी रहेकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्तिपरिषद् गठन गरिएकाे हाे।
वि.सं.२०७८ असार २९ मंगलवार २१:५९ मा प्रकाशित