काठमाडौं । नेसनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार सुरु भएको छ ।
नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई एक्विजिसन गरेपछि एकीकृत कारोबार सुरु गरेको हो । यो सँगै नेसनल माइक्रोफाइनान्सको नामबाट कारोबार सुरु भएको छ ।
दुवै संस्थाको असार २५ गते को विशेष साधारण सभाबाट नेसनलले महिलालाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । यता नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते एक्विजिसन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो । सोही अनुसार नै एकिकृत कारोबार आजबाट सुरु भएको छ ।
नेसनलले महिलालाई १००ः६८ अनुपातमा प्राप्ति गरेको थियो । महिलाको १०० कित्ता सेयर हुने सेयरधनीले नेसनलको ६८ कित्ता सेयर पाएका छन् ।
वि.सं.२०७८ असार ३० बुधवार ११:५० मा प्रकाशित