back
NMB ad

करिब ६७ करोड राजस्व छल्ने ३ जना विरुद्द मुद्दा दर्ता

Kumari bank ad

काठमाडौं । आन्तरिक राजस्व विभागले ६६ करोड ८६ लाख ७३ हजार ४३८ रुपैयाँ कर छलिगर्ने ३ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागका अनुसार झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक जारी गरी राजस्व छलि गर्ने सर्लाही जिल्ला, ब्रम्हपुरी-७ बस्ने मनिराज सप्लायर्सका प्रोप्राईटर राज देवी तथा उक्त फर्मको मुख्य कारोबार गर्ने व्यक्ति राजाराम महतो र रौतहट जिल्ला, तेजपाकड-५ शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्सका ओमप्रकाश सिंह भुमिहार विरुद्ध मुद्दा दता भएको हो ।

विभागले महताबोट ४१ करोड ५१ लाख ३१ हजार ८५४ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको जनाएको छ ।

महतोले मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई विक्री बीजक मात्र जारी गरी उक्त फर्महरूबाट विक्री रकम भुक्तानी लिई सो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई जालसाजी गरेको विभागले जनाएको छ । यस्तै भुमिहारबाट २५ करोड ३५ लाख ४१ हजार ५८४ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मुद्दा दर्ता गरिएको छ ।

विभाग अनुसार भुमिहारले मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, विभिन्न फर्महरुबाट झुट्टा तथा नक्कली मु.अ.कर विजक लिई खरिद देखाई आयकर तर्फ खर्च दावी र मूल्य अभिवृद्धि कर तर्फ कर कट्टी दावी गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरमा उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको हो ।

वि.सं.२०७८ असार ३० बुधवार १७:२८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...