back
Mega Long Ad

दराजको समान खरिदमा आइएमई पेबाट भुक्तानी गर्दा आईफोन १२ लगायत थुप्रै उपहार जित्ने मौका

काठमाडौं । आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजवीच सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नुहुनेछ ।

साथै, साउन १ गतेबाट शुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट शुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भइ आईफोन१२ लगायत थुप्रै उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्झौता पत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज केमु प्रा.लि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गर्नुभएको छ ।

बुधवार पानीपोखरी स्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रम गरेको थियो ।

सोही अवसरमा आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज जस्तो ई–कमर्श कम्पनी र आइएमई पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकवीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

उहाँले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आइएमई पेले सक्दो भूमिका खेल्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

वि.सं.२०७८ असार ३० बुधवार १७:३३ मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

वि.सं.२०७८ असोज ७ बिहीवार १६:२७

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्म संघीय सरकारले साढे...