काठमाडौं । बिहीवार सुनको मूल्य उकालो लागेको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तोलाको ९३ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन ९२ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, तेजावी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्ले दिन ९२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।
त्यसैगरि बिहीवार चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ । आज चँँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ असार ३१ बिहीवार ११:१२ मा प्रकाशित