back
NMB ad

आर्थिक वर्ष २०७७-०७८ मा राजस्व संकलन ९२.७४ % हुँदा बजेट खर्च ८०.८ %, पुँजीगत खर्च ६४.६९ प्रतिशत मात्रै

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०७७-०७८ मा राज्यले ९२.७४ प्रतिशत राजस्व संकलन गर्दा ८०.०८ प्रतिशत बजेट खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार उक्त आवमा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि आर्थिक वर्षको अन्तिम दिनसम्ममा ९ खर्ब ३८ अर्ब ३२ करोड २३ लाख रुपैयाँ अर्थात ९२.७४ प्रतिशत राजस्व संकलन भएको छ ।

सरकारले गत आवमा कर राजस्वतर्फको ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको भएपनि लक्ष्यको ९५.३१ प्रतिशत अर्थात ८ खर्ब ७० अर्ब ११ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ ।

यता गैरकर राजस्व तर्फ सरकारले ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेपनि लक्ष्यको ६९.०३ प्रतिशत अर्थात ६८ अर्ब २० करोड ८७ लाख रुपैयाँ मात्रै गैरकर राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७७-७८ मा सरकारले कुल ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको भएपनि लक्ष्यको ३३.९७ प्रतिशत अर्थात २० अर्ब ५६ करोड २७ लाख रुपैयाँ मात्रै अनुदान पाएको छ ।

आर्थिक वर्ष २०७७-७८ मा पुँजीगत खर्च ६४.६९ प्रतिशतमा सिमित भएको छ भने चालु खर्च ८९.७५ प्रतिशत भएको छ । गत आवमा सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा त्यसको ६४.६९ प्रतिशत अर्थात २ खर्ब २८ अर्ब ३० करोड ६ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

यस्तै चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ विनियोजन गरेकोमा ८९. ७५ प्रतिशत अर्थात ८ खर्ब ५१ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ ।

महालेखाका अनुसार वित्तीय व्यवस्थापनतर्फ लक्ष्यको ५८.४४ प्रतिशत खर्च भएको छ । सरकारले १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ विनियोजन गरेकोमा १ खर्ब ९७ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १२:५९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...