back
NMB ad

के तपाई घर बनाउने सोचमा हुनुहुन्छ ? अब ग्लोबल आइएमई बैंकले दिँदै छ डेढ करोडसम्म ऋण, ब्याज कति ?

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ ।

बैंकले सस्तो तथा सरल किस्ता बन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि उक्त योजना ल्याएको हो ।

उक्त विशेष आवास कर्जा योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

उक्त योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत–प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसितबनाइरहेको अवस्थामाग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवादिई हौसला र साथप्रदानगर्ने उद्देश्यले आवश्यककागजातहरु पेश गरेको ३ कार्य दिनभित्रविना झन्झट कर्जा प्रवाहगर्नेछ ।

देशभर फैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त सुविधा पाउन सकिने छ । सिमित अवधिको लागि ल्याइएको उक्त योजनाबाट लाभलिन बैंले सबै अनुरोधसमेत गरेको छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल तथा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १५:३१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...