back

अब प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १ सय रुपैयाँ बोनस पाइने, लोड गर्ने झन्झटबाट मुक्ति

काठमाडौं । नेपालकै एक उदयमान अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १ सय बोनस प्रदानगर्ने भएको छ ।

एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको हो ।उक्त बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्तीसँग लिंकगर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने बताइएको छ ।

लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती प्थ्ऋ अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ ।

उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा निःशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केहि सेकेण्ड भित्रै जुनसुकै समयमा गर्न सकिन्छ । साथै लिंक घरबाटै गर्न सम्भव रहेको खल्तीले जनाएको छ । उक्त योजनाजुलाई १६ देखि ३१ तारीखसम्म खल्तीसँग प्राईम बैंक लिंक गर्ने जो कोहिलाई लागु हुने बताइएको छ ।

खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक शिरिष श्रेष्ठले भन्नुभयो,– “हामीले महामारीको समयमा घरबाटै सबै किसिमको बिलभुक्तानी डिजिटल माध्यम बाट गर्न प्रोत्साहित गराउनउक्तबोनस अफर ल्याएकाहौँ। यस सेवामार्फत ग्राहकवर्गले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्तहुनेछन्। साथै लिंकगरिएको बैंकबाट खल्तीमार्फत अर्को बैंक मा केहि सेकेन्ड मै रकम ट्रान्सफर सकिने सुविधाभएको हुँदाहाल यो सेवा धेरैको रोजाइमा रहेको हामीले पाएका छौँ”।

प्राईम बैंक अकाउन्ट खल्ती सँग कसरी लिंक गर्ने ?
●खल्तीको होम स्क्रिनमा देखाइएको “मोर”अप्सनमागई लिंक बैंक अकाउन्टमा ट्यापगर्ने
●उपलब्ध बैंकहरु मध्ये “प्राईम बैंक” सेलेक्ट गर्ने
●आवश्यक सबै विवरणहरु भरि “सब्मिट” बटनमा थिच्ने
●अब रजिस्टर गरिएको मोबाइलमाप्राप्तवान टाइम पासवर्ड (ओटिपी) दाखिला गरी खल्तीखातासँगआफ्नो प्राईम बैंक अकाउन्ट सफलतापूर्वक लिंकगर्न सकिन्छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १६:५१ मा प्रकाशित

You can share this post!

ADBL
शेयर लगानीकर्ताको आन्दोलन फिर्ता, खुल्यो सेयर बजार

शेयर लगानीकर्ताको आन्दोलन फिर्ता, खुल्यो सेयर बजार

वि.सं.२०८० जेठ २१ आइतवार १२:२९

काठमाडौं, २१ जेठ । सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत...

थप ३२ लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

थप ३२ लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८० जेठ २१ आइतवार १२:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार आरएमडिसी लघुवित्त वित्तिय...

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वि.सं.२०८० जेठ २१ आइतवार १२:०५

ताप्लेजुङ २१ जेठ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा...

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

वि.सं.२०८० जेठ २१ आइतवार १२:०१

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री...

घरभाडा नबढाउन आग्रह   

घरभाडा नबढाउन आग्रह   

वि.सं.२०८० जेठ २१ आइतवार ११:५६

चितवन, २१ जेठ ।  उद्योग वाणिज्य सङ्घ चितवनले व्यापारिक क्षेत्रको...

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

वि.सं.२०८० जेठ २१ आइतवार ११:३४

गण्डकी, २१ जेठ । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने...