काठमाडौं । नबिल बैंकले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा १८ लाख इकाई बैंकले आफ्नै पहलमा विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ भने १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याज पाइनेछ । ७ वर्ष अवधिको ऋणपत्रमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन २४ गतेसम्म आवेदन दिने सकिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।
यसमा न्यूनतम २५ देखि अधिकतम इकाईसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
वि.सं.२०७८ साउन ३ आइतवार ११:५० मा प्रकाशित