back
NMB ad

परिसंघ, इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा शिक्षण अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघको अगुवाई एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हाराजगञ्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ ।

नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा प्लान्ट हस्तान्तरण एवं सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोर र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष मोरले देश संकटमा परेका बेला निजी क्षेत्र अग्रस्थानमा उभिएर आफ्नो कर्तव्य पुरा गरेको बताउनुभयो । उहाँले कोभिड-१९ को पहिलो र दोस्रो लहरले सिर्जना गरेको संकटमा पनि निजी क्षेत्रले आपूर्ति श्रृङ्खला सहज बनाउन सहयोग गरेको उल्लेख गर्नुभयो । ‘हामी सबैका लागि यो चुनौतिपूर्ण अवस्था थियो’, उहाँले भन्नुभयो, ‘त्यसको सामना गर्न तीनवटा संस्थाको सहकार्यमा अक्सिजन प्लान्ट हस्तान्तरण गर्न सफल भएका छौँ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा. डा. दिव्या सिंह शाहले कोभिड–१९ को संकटपूर्ण अवस्थामा शिक्षण अस्पतालले हरतरहले सेवा प्रदान गरेको बताउनुभयो । उहाँले कोभिडकै बीचमा अस्पतालमा आइसियु र एचडियु बेड थपिएको र थप १५ सय शैय्या निर्माणको चरणमा रहेको उल्लेख गर्नुभयो ।

परिसंघका निवर्तनमा अध्यक्ष हरिभक्त शर्माले संकटको बीचमा निजी क्षेत्रले ठूलो सहयोग गरेको उल्लेख गर्नुभयो । परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले प्रतिकूल अवस्थाका बीचमा पनि निजी क्षेत्र सक्रियतापूर्वक आफ्नो उत्तरदायित्व बहन गर्न लागि परेको बताउनुभयो ।

प्रभु बैंकका अध्यक्ष जीवनप्रकाश सिटौलाले जनताको जीवन रक्षाका लागि योगदान गर्न पाउनु खुशीको विषय भएको उल्लेख गर्नुभयो । उहाँले महामारी अझै नसकिएको भन्दै सबैले सचेत भएर काम गर्नुपर्ने बताउनुभयो । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले अक्सिजन प्लान्टको नियमित सञ्चालन र आवश्यकता अनुसार मर्मत सम्भार गरी आम जनतालाई नियमित सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो ।

वि.सं.२०७८ साउन ४ सोमवार १०:२५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...