back
NMB ad

१२ हजार बढी अक्सिजन सिलिण्डर उत्पादन, कोरोना रोकथामका लागि ४४ हजार थान मेडिकल उपकरण आयात

Kumari bank ad

काठमाडौं । अहिले उपत्यका भित्र र बाहिर गरी १२ हजार ३०६ अक्सिजन सिलिण्डर उत्पादन भइरहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा ५ हजार २७१ र उपत्यका बाहिर ७ हजार ३५ वटा सिलिण्डर उत्पादन भइरहेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर सबै अक्सिजन उद्योगहरु सञ्चालनमा रहेका र अक्सिजनको आपूर्ति सामान्य अवस्थामा रहेको जनाएको छ । यसले गर्दा कोरोनाको तेस्रो लहर आएको खण्डमा त्यसलाई व्यवस्थापन गर्न सजिलो हुने बताइएको छ ।

यता अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि ४४ हजार ३२९ थान विभिन्न मेडिकल उपकरण आयात गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारहरुसँग कोरोना परीक्षण, उपचारका सन्दर्भमा अक्सिजनको अवस्था, तेस्रो लहर विरुद्ध तयारी तथा खोप अभियानलाई चुस्त र व्यवस्थित गर्दै महामारीको कुनै कमी हुन नदिन निर्देशन दिनु भएको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार १३:२९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...