back
NMB ad

आईपीओ निष्काशनका लागि बोर्डले दियो तीन कम्पनीलाई अनुमति, कुनको कति आउँदै ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न तीन कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ ।

बोर्डले सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था र साम्लिङ् पावर कम्पनीलाई आईपिओ निष्काशनका लागि अनुमति दिएको हो । यी तीनै वटा कम्पनीले असार ३१ गते आईपीओ निष्काशनका लागि अनुमति पाएका हुन् ।

जसमध्ये सानिमा लाइफले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता, मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र साम्लिङ पावरले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डबाट अनुमति पाएको हो ।

सानिमा लाइफले जेठ ९ गते आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

यस्तै, मानुषी लघुवित्तले आईपीओ निष्काशनको लागि बैशाख १३ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको चुक्तापुँजी ७ करोड रुपैयाँ छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको चुक्तापुँजी ३७ करोड ७० लाख रुपैयाँ रहेको छ ।

साम्लिङ पावरले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सर्वसाधरणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार १४:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...