काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंकिङ्ग कसूर मुद्दाका फरार दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
ब्यूरोले काठमाडौंको टोखा नगरपालिका–२ का ४८ वर्षीय मिलन डंगोल र काठमाडौं महानगर–२२ का ६३ वर्षीय देव नारायण महर्जनलाई पक्राउ गरेको हो ।
डंगोल र मर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी विभिन्न रकमका चेकहरु काटेर दिएका थिए ।
उनीहरुलाई उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका थिए ।
प्रहरीले विभिन्न स्थानहरुबाट लुकिछिपी बसिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो । डंगोललाई सात दिन कैद र १५ लाख जरिवना र महर्जनलाई ५ दिन कैद र १५ लाख जरिवाना सजाय हुने प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ साउन ४ सोमवार १७:१९ मा प्रकाशित