back
NMB ad

कोभिड प्रकोप व्यवस्थापन कोषका लागि सूर्य नेपालद्वारा ५० लाख सहयोग प्रदान

Kumari bank ad

काठमाडौं । सूर्य नेपालले कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाखको सहयोग प्रदान गरेको छ ।

सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को“कोभिड–१९प्रकोप व्यवस्थापन कोष” मा क्रमशः ३० लाख र २० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

एक कार्यक्रमकाबीच सूर्य नेपाल प्रा.लि.को शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

कारखाना प्रबन्धक बाबुराम कार्कीले सूर्य नेपालले उक्त क्षेत्रमा गर्दै आएको विभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने कुरा उल्लेख गर्नुभयो । कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले उक्त क्षेत्रको दीर्घकालिन विकासको लागि स्थानीय संग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपालले सदैव तयार रहेको जानकारी दिनुभयो ।

सोही अवसरमा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरुले सूर्य नेपाल प्रा. लि ले यस क्षेत्रको सामाजिक आर्थिक बिकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गर्नुभयो ।

कम्पनीले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहूँको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष”मा दश लाख रुपैयाँ तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईंमा सहयोग प¥याउन एक÷एक करोड रकम प्रदान गरेको थियो ।

कम्पनीले उक्त क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कम्पनीले गत आर्थिक वर्षमा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो ।

त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारको लागियस क्षेत्रका बिभिन्न अस्पतालहरु तथा स्थानियबासीहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारी विरुद्धको लडाईंमा सहयोग गर्दै आईरहेको छ ।

वि.सं.२०७८ साउन ५ मंगलवार १०:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...