back
NMB ad

मध्य भोटेकोशीको ६० लाख कित्ता आइपीओ पुनः निष्काशन, कसले पाउँछ आवेदन दिन ?

Kumari bank ad

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ आज देखि पुनः निष्काशन सुरु भएको छ ।

यसअघि आयोजना प्रभावितका लागि वैशाख २१ गतेदेखि आइपीओ बिक्री निष्काशन गरिएको थियो । कोरोना भाइरसका कारण सरकारले निषेधाज्ञा लागुगरेसँगै वैशाख २४ गतेदेखि बिक्री स्थगन गरिएको थियो । तत्कालिन समयमा स्थगन भएको आईपीओको बिक्री पुनः निष्काशन गरिएको हो ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आईपीओमा स्थानीयले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । यसअघि आवेदन दिएकाले पुन आवेदन दिनुपर्ने छैन ।

आईपीओमा आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । यस्तै सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौंका ७ वटा संकलन केन्द्रबाट आवेदन दिन सकिने छ । आयोजना प्रभावितले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावितका लागि ६० लाख कित्ता आइपीओ निष्कासन गरेकोमा १८ लाख कित्ता भोटेकोशी गाउँपालिकाको वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस तथा बाह्रबिसे नगरपालिका-५, ६, ७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयका लागि छुट्याईएको छ । बाँकी ४२ लाख कित्ता जिल्लाका अन्य स्थानीयले आवेदन दिन पाउनेछन् ।

वि.सं.२०७८ साउन ५ मंगलवार १०:२१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...