काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य सामान्य बढेको छ । साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य शून्य दशमलव ४० प्रतिशतले वृद्धि भएको हो ।
प्रतिकित्ता २० रुपैयाँले वृद्धि भई कम्पनीको सेयर मूल्य ५ हजार ७० रुपैयाँ पुगेको छ । उक्त दिन कम्पनीको ९८ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज महिला लघुवित्तको १ हजार ९५४ कित्ता सेयर खरिदबिक्री भएको जनाएको छ ।
वि.सं.२०७८ साउन ५ मंगलवार १६:२७ मा प्रकाशित