काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो ।
बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त ऋणपत्र निष्काशन गर्न बैंकले साउन ३ गते बोर्डमा निवेदन दिएको हो ।
कुल १० कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने र ६ लाख कित्ता व्याक्तिगत तबरबाट बिक्री गर्ने बैंकले जनाएको छ ।
उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ साउन ६ बुधवार १२:१० मा प्रकाशित