back
NMB ad

निर्जीबन बीमा कम्पनीलाई व्यवसाय विस्तारमा रोकेन कोरोनाले, ३१ अर्ब ७० करोड बीमा शुल्क संकलन

Kumari bank ad

काठमाडौं । गत वर्ष निर्जीबन बीमा कम्पनीलाई व्यवसाय विस्तारमा कोरोना महामारीले कतै पनि अवरोध गरेन । अन्य क्षेत्रमा कोरोनाले निकै आक्रान्त बनाएपनि बीमा क्षेत्रमा भने कोरोनाले धेरै असर पारेन । बीमा क्षेत्रमा कोरोनाको पहिलो तथा दोस्रो लहरले कुनै पनि असर नपरेको तथ्याङकले देखाएको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड बीमाशुल्क संकलन गरेका छन् । कोरोना महामारीको दोस्रो भेरियन्ट रहेको समयमा अर्थात असार महिनामा मात्रै ३ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुुन् ।

आव २०७७÷७८ मा सबैभन्दा बढी बीमाुशल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले ३ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले असार महिनामा मात्रै ५० करोड बीमाशुल्क संकलन गरेको बीमा समितिले जनाएको छ ।

यस्तै गत आवको अन्तिमसम्ममा सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा  जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स रहेका छन् । यी कम्पनीले ६५÷६५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

असार मसान्तसम्म सगरमाथा इन्स्योरेन्सले २ अर्ब ६५ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ४१ करोड, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ३२ करोड, एनएलजीले २ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

त्यसैगरि नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड, दि ओरिन्टल इन्स्योरेन्सले १ अर्ब १६ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ८७ करोड, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब ३० करोड, युनाईटेड १ अर्ब ५ करोड, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९० करोड, एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३५ करोड, आइएमई जनरलको १ अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

आव २०७७÷७८ को असार मसान्तसम्म प्रुडेसियल इन्स्योरेन्सले १ अर्ब २८ करोड, लुम्बिनीले १ अर्ब ३६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६३ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

आव २०७७÷७८ को असार मसान्तसम्म निजीवन बीमा कम्पनीहरुको कुल चुक्तापुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीहरुको जारी बीमालेखको संख्या भने २७ लाख ३१ हजार ७७३ पुगेको छ । गत असार महिनामा मात्रै ३ लाख २९ हजार २९६ बीमालेख जारी गरेका छन् ।

वि.सं.२०७८ साउन ६ बुधवार १७:३५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...