back
NMB ad

सातबुँदे मागसहित यातायात व्यवसायी उत्रिए आन्दोलनमा (मागपत्रसहित)

Kumari bank ad

फाइल फोटो

काठमाडौं । यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले काठमाडौंमा सवारी साधनसहितको र्याली निकालेर आन्दोलित भएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ सात बुदे मागसहित सडकमा उत्रिएको हो । महासंघले सम्पूर्ण यातायात श्रमिक र व्यवसायीलाई कोरोना विरुद्धको खोप खोपको तत्कालै व्यवस्था गर्न, यातायातको भाडादर समायोजन गर्न लगायतका माग राखेको छ ।

महासंघले पटक–पटक आफ्ना मागका बारेमा सरकारलाई ध्यानाकर्षण गराएपनि नसुनेपछि बाध्य भएर आन्दोलित हुनुपरेको सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले बताउनुभयो । सरकारले माग पुरा नगरेमा फेरि सशक्त आन्दोलन गर्ने खनालको भनाई छ ।

‘साउन १० गते देशभरका यातायात व्यवसायीको तर्फबाट चावी बुझाउँछौ’ खनालले भन्नुभयो, ‘यतिगर्दा पनि सरकारले माग पुरा नगरे थप आन्दोलनको घोषण गर्नेछौ ।’

व्यवसायीको मागमा मौद्रिक नीतिमा यातायातको समस्यालाई सम्बोधन, स्तरीय २० वर्षे सवारी साधानको म्याद थप, वैज्ञानिक भाडा नीति २०६५ अनुसार याताको भाडा दर समायोजन (पर्यटन यातायातका भाडा निर्धारण, ट्याक्सीको सुरुवाती कल निर्धारण) यातायात बीमा नीति परिमार्जन, सडक कानुन लागू र यातायात बन्दाबन्दीको कागजपत्रको कर, राजस्व र जरिवाना छुट जस्ता माग रहेका छन् ।

वि.सं.२०७८ साउन ७ बिहीवार १३:४९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...