काठमाडौं । प्रभु बैंकले साउन १५ गतेदेखि संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।
उक्त सेयरको न्युनतम मूल्य २१० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले साउन २९ गतेसम्म बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।
आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने सूचनामा उल्लेख छ । उक्त सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ साउन ८ शुक्रवार ११:५३ मा प्रकाशित