back
NMB ad

ब्लुबुक नविकरण गर्न, कर तिर्न घन्टौं लाईन लाग्नुपर्ने युगको अन्त्य

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले अनलाइनबाटै ब्लुबुक नविकरण गर्न सकिने प्रणाली सार्वजनिक गरेको छ । यो सँगै ब्लुबुक नविकरण गर्न तथा कर तिर्न घन्टौ लाईन लाग्नुपर्ने युगको अन्त्य भएको छ ।

उक्त प्रणालीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल उदघाट्न गर्नुभएको छ । उद्घाटनका क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको आर्थिक स्रोतको मेरुदण्डको रुपमा यातायात क्षेत्र रहेको र अब यो क्षेत्रबाट उठने राजस्व झनै बढ्ने बताउनुभयो ।

यसअघि यो क्षेत्रलाई व्यवस्थित गर्न नसक्नदा, सेवाग्राहीले अनावश्यक झन्झट व्यहोर्नुपर्दा लामो समय कर तिर्न नसकेको र राजस्व संकलन हुन नसकेको बताउनुभयो । उहाँले यसअघि सेवाग्राहीले धेरै नै समस्या भोग्नु परेको र अब त्यस्तो समस्याको अन्त्य भएको धारणा राख्नुभयो । त्यसैको लागि अनलाइन प्रणालीको सुरु गरेको बताउनुभयो । अब १० औं वर्षसम्म कर नतिर्नेले पनि सहजै कर तिर्ने र प्रदेशले पाउने राजस्व पनि बढने, तथा सेवाग्राहीले बिहानै देखि लाइनमा बस्नुपर्ने युगको अन्त्य पनि भएको जानकारी गराउनुभयो ।

प्रदेशको लागि प्रविधिको क्षेत्रमा नयाँ क्रान्ति काम भएको र यसको कार्यान्वयन पनि चुनौती पूर्ण हुनसक्ने हुन सक्ने धारणा राख्नुभयो । यो अभियानलाई असफल बनाउन चलखेल हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन समेत आग्रह गर्नुभयो । अनलाइन प्रणालीको सुरु भएसँगै धेरै विरोधको स्वर आएका भएपनि सेवाग्राहीले पाउने सेवालाई सहज बनाउने तर्फ सरकार लाग्ने र सोही अनुरुप काम गर्न मातहतका निकायलाई आग्रह गर्नुभयो ।

अब सरकारको राजस्व बढने र यसको लागि कर्मचारीको साथै यातायात व्यवसायीको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।
अब बागमती प्रदेशलाई डिजिटल रुपमा विकास गर्ने क्रम सुरु भएको भन्दै सबैभन्दा प्रभावित पर्ने क्षेत्रमा यो कामको सुरु भएको बताउनुभयो ।

यो सँगै अब दैनिक रुपमा कति राजस्व उठयो भन्ने थाहा पाउन सक्ने बताउनुभयो । आन्तरिक राजस्वको ५० प्रतिशत हिस्सा यातायातको क्षेत्रले ओगटे गरेको भन्दै यसलाई कार्यान्वयन गरेको खण्डमा राजस्व धेरै नै बढने बताउनुभयो । अब घरमा नै बसेर काम गर्न सकिने भएको कारण यो निकै प्रभावकारी काम भएको र आगामी दिनमा पनि प्रदेशलाई डिजिटल प्रदेश बनाउन तर्फ लाग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा उहाँले भौतिक पूर्वाधारको क्षेत्रमा नयाँ क्रान्ति सुरु गरेको र अब इन्धन भएको साधन भन्दा पनि विद्युतीय बस सुरु गर्ने र त्यसको लागि टेन्डर भएको र केही समयमा नै सुरु गर्ने बताउनुभयो ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १३:३४ मा प्रकाशित

You can share this post!

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

वि.सं.२०८० चैत १५ बिहीवार १२:५६

ज्ञानेन्द्र न्यौपाने     रसुवा, १५ चैत : उत्तरी रसुवामा निर्माणाधीन...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

वि.सं.२०८० चैत १५ बिहीवार १२:४४

अच्युत रेग्मी काठमाडौँ, १५ चैत : गत फागुन २३ गते...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने   

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने   

वि.सं.२०८० चैत १५ बिहीवार १२:३७

काठमाडौँ, १५ चैत : पश्चिमी वायुको प्रभावले बागमती, कोशी र...