back
NMB ad

साउन ३१ गते एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीको बिहीवार बसेको संचालक समितिले साउन ३१ गते सभा हुने निर्णय गरेको हो ।

सभाले पुँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण सेयर समूहको विद्यमान ७०ः३० को सेयर अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण सेयरमा परिणत गर्ने प्रबन्धपत्रको दफ ६(२) संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ १ (ग) ले निर्धारण्ढा गरेको सिमा भन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने छ ।

सभाले बीमा समिति, कम्पनी रजिष्ट्रार कार्यालय तथा सम्वन्धित निकायहरुबाट प्रबन्ध पत्र तथा नियामावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिनेछ ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७५७६ को (एनएफआरएस बमोजिम) असार मसान्तको वासलात, नाफा/हिसाव, सोही अवधिको नगद प्रवाह विवरण र सो सम्वन्धि संलग्न अनुसूचिहरु माथि छलफल तथा पारित लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले साउन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १४:३८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...