काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि लम्बिएको छ । भोलि अर्थात साउन ११ गतदेखि लागू हुने निषेधाज्ञाको अवधि थप भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना निकाल्दै साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको जनाएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।
थपि गरिएको निषेधाज्ञाका नियममा कुनै परिवर्तन नभएको सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ साउन १० आइतवार १८:०० मा प्रकाशित