back
NMB ad

अब मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ भर्न सकिने, एनआईसी एशिया बैंकले ल्यायो यस्तो सुविधा

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्गएपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।

सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले ग्राहकहरुलाई लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले उक्त सेवा शुभारम्भ गरेको हो ।

बैंकमार्फत डिम्याट खाता खोलेका र बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएकाहरुले आईपीओ खुलेका सेयर तथा डिवेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सकिने बेंकले जनाएको छ ।

कोरोना महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगि एनआईसी एशिया मोबैंकबाट आवेदन सकिने भएको हो ।

बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले एप भित्र रहेको अप्लाई सेयर आइकनमा ट्याप गरेर आवेदन दिन सक्नुहुनेछ ।अप्लाई सेयर आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ ।

त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर सम्मिट गरेपश्चात आवेदन पूरा हुनेछ । साथै स्मार्टफोन प्रयोग गरी आईपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आवेदन दिनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

यसरी घरमै बसेर आईपीओ भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरूले एनआईसी एशिया मो बैंक एप डाउनलोड गरी तथा बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नहुनुभएमा बचत खाता खोलेर मो बैंक डाउनलोड तथा यस बैंकमा डिम्याट खाता खोली समयमै आईपीओ भर्ने सुविधाबाट लाभान्वित हुन सक्नुहुनेछ ।

साथै बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको अप्लाई सेयर आइकनमा ट्याप गरेर समेत आईपीओ आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

वि.सं.२०७८ साउन ११ सोमवार १०:२५ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...