back
NMB ad

नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतको अन्तरिम आदेश

Kumari bank ad

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निगमलाई निजीकरणसम्बन्धी कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नेसम्बन्धी सम्पूर्ण कार्य जे–जस्तो अवस्थामा छ, सोही अवस्थामा यथास्थितिमा राख्नू निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्नू नगराउनू भनिएको छ ।

आतिस कार्कीले नेपाल वायु सेवा निगमको निजीकरण गर्ने कार्य रोक्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

अन्तरिम आदेश जारी गर्ने, नगर्ने विषयमा छलफल गर्न भन्दै साउन २५ गते दुवै पक्षलाई सर्वोच्च अदालतले बोलाएको छ ।

वि.सं.२०७८ साउन ११ सोमवार १०:२० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...