काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।
कुल ६० लाख कित्ता आईपीओमध्ये ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई र बाँकी ५४ लाख कित्ता सार्वजनिक निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
उक्त आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम ३० लाख कित्तासम्म आवेदन दिन सकिने छ । उक्त आईपीआमा छिटोमा साउन २४ र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवासमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिनेछ ।
वि.सं.२०७८ साउन १२ मंगलवार १०:३४ मा प्रकाशित