काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँले वृद्धि भई ५२३ पुगेको छ ।
यतिबेला आखू खोला जलविद्युत कम्पनीको सेयर मूल्य ६.७१ प्रतिशत, मल्टीप्रपोज फाइनान्स कम्पनीको ६.३३ प्रतिशत, ङादी ग्रुप कम्पनीको ५.९८ प्रतिशत, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५.९७ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, नेपाल हाइड्रो डेभलपर्सको ५.८८ प्रतिशत, युनिभर्सल पावरको ५.६३,ग्रीन लाइफ हाइड्रोपावरको ४.७३ प्रतिशतले वृद्धि भएको हो ।
हेर्नुहोस् कुनको कति पुग्यो ?
वि.सं.२०७८ साउन १२ मंगलवार १२:१७ मा प्रकाशित