back
NMB ad

उद्योग संगठनका योजना कार्यान्वयनमा सरकारको साथ, स्टार्टअप एण्ड इनोभेशनलाई प्राथमिकतामा

Kumari bank ad

विराटनगर । उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्ष्ँेत्रको हितलाई ध्यानमा यो क्षेत्रलाई चलायमान बनाउन संचालनमा ल्याउने कार्यक्रममा प्रदेश सरकारले सहकार्य गर्ने भएको छ ।

संगठनले आयोजना गरेको छलफलमा अध्यक्ष्ँ सुयश प्याकुरेलले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम, सीप विकास कार्यक्रम, ईन्टरप्राईजिङ ईस्ट र शिप विकास ईकाईको स्थापना जस्ता कार्यक्रमले लगानीमैत्री क्षेत्रका रुपमा विकास गर्ने भएकाले यस प्रकारका बहुआयामिक कार्यक्रमहरुमा प्रदेश सरकारलाई सहकार्य गर्न अनुरोध गर्नुभएको छ ।

सरकार, नीजि क्षेत्रबीच समन्वय गरी संचालन गरिने कार्यक्रमले प्रदेशको आर्थिक एवं औद्योगिक विकासका साथै उद्यमशिलता रुपान्तरणमा नयाँ आयाम थपि दीगो इकोसिष्टम विकास गर्न सहयोग पु¥याउने अध्यक्ष प्याकुरेलले बताउनुभयो ।

उद्योग संगठन मोरङ, मोरंङ व्यापार संघले संयूक्त रुपमा संचालन गरेको मेरो देश, मेरै उत्पादनका साथै संगठन, संघ, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको संयूक्त परियोजनाका रुपमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणको प्रकृयालाई तिव्रता दिन प्रदेश सरकार समक्ष अध्यक्ष प्याकुरेलले अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश कै समग्र आर्थिक विकासलाई ध्यानमा राखेर संगठनबाट प्रस्तुत भएको अवधारणामा मन्त्रालय सहकार्य गर्न तयार भएको बताउनुभयो । मन्त्री राईले समाजका हरेक युवाहरु वैदेशिक रोजगारीमा लालायित भएकाले त्यस्ता युवाहरुलाई स्वदेश मै स्वरोजगारीको माध्यमबाट आर्थिक विकासमा संलग्न गराउने वातावरण तयार गर्नु सरकार र नीजि क्षेत्रको दायित्व भएकाले मन्त्रालय संगठनसंग सहकार्य गरेर अघि बढ्न प्रतिवद्ध रहेको बताउनुभयो ।

उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले सरकारले तीन खम्वे अर्थतन्त्रलाई महत्व दिएको बताउदै संगठनबाट प्रस्तुत योजनाले प्रदेश कै पहिचानलाई स्थापित गर्न मद्त पुग्ने बताउनुभयो । उहाँले मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने बताउँदै संगठनका तर्फबाट प्रस्तुत कार्ययोजनाले नीजि क्षेत्र र प्रदेश सरकारको सहअस्तित्वलाई थप मजवुत बनाउने विश्वास व्यक्त गर्नु भयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले समग्र उद्यमशिलताको ईको सिस्टम विकास गर्न संगठनबाट प्रस्तुत रणनीतिक योजनाले महत्वपूर्ण भूमिका निर्वाह विश्वास व्यक्त गर्दै वर्तमान युग स्र्टाटअपको युग भएकाले स्र्टाटअपको क्षेत्रमा युवा जनशक्तिलाई परिलक्षित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले परम्परागत ढंगको सोच र अवधारणाबाट द्रुत आर्थिक विकासको लक्ष्य प्राप्त हुन नसक्ने भएकाले सोचमा परिवर्तन दिगो आर्थिक विकासको लक्ष्य सहित कामगर्नु पर्ने सुझाव दिनुभयो ।

उद्योग संगनठ मोरङले नविनतम व्यवसायीक योजनालाई उद्यमशिलता रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्यका साथ सामाजिक उत्तर दायित्व वहन गर्दै प्रारम्भ गरेको स्टार्टअप कार्यक्रममा प्रदेश नं. १ का पालिकाको युवाहरुको बढी भन्दा वढी सहभागिता सुनिश्चित गराउन १५ भन्दा वढी पालिकाहरुको उपप्रमुख र प्रशासकीय अधिकृतहरुका साथ भर्चुअल वैठक सम्पन्न गरेको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले सृजनात्मक सोच भएका युवाहरुलाई उद्यमशिलता विकास तथा व्यवसायीक रुपान्तरणका लागि सहजीकरण गर्दै वित्तिय पहुँच स्थापनाका साथै अन्य सेवाहरु उपलब्धताका लागी उद्योग संगठन मोरङले यस कार्यक्रम मार्फत सहजिकरण गर्ने बताउनुभयो ।

व्यवसायीक सीप र दक्षता भएरपनि मेन्टरशिपको अभावमा वैदेशिक रोजगारीमा जान वाध्य युवाहरुका लागि समेत यो कार्यक्रम अत्यन्त उपयोगी भएको वताउदै अध्यक्ष प्याकुरेलले युवाहरुलाई उद्यमशिलता तर्फ अभिप्रेरित गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले संगठनले आव्हान गरेको सूचनालाई जनस्तरसम्म पु¥याई कार्यक्रममा सहभागि हुन प्रेरित गर्न अनुरोध गर्नुभयो ।

स्र्टाटअप कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा, संगठनका स्थानीय, प्रदेश, संघिय सरकार समन्वय समितिका संयोजक तारानाथ निरौलाले स्थानिय पालिकाका प्रतिनिधिहरुलाई पालिकाहरुमा रहेको रोजगार सूचना केन्द्रमा दर्ता भएका रोजगारका खोजीमा रहेका उद्यमशिलता गर्न चाहने युवाहरुलाई स्र्टाटअप कार्यक्रममा आवद्ध हुनका साथै रोजगारीको खोजीमा रहेका व्यक्तीहरुलाई शिप विकास एकाई मार्फत सेवा लिन सहजीकरण गर्न अनुरोध गर्नुभयो ।

उहाँलेले आर्थिक आय आर्जनका माध्यमबाट जनताको जिवनस्तर उकास्नु स्थानीय पालिकाहरुको प्राथमिकता भएकाले आर्थिक कृयाकलापमा सघाउ पु¥याउने कार्यक्रमहरुमा स्वतफूर्त सहभागिता जनाउन आग्रह गर्नुभयो ।

वि.सं.२०७८ साउन १२ मंगलवार १६:४८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...