back
Mega Long Ad

३ करोड भ्रष्टाचार गरेको भन्दै पुष्पलाल राजमार्गका तत्कालिन योजनामा प्रमुखसहित ५ जना विरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनामा भ्रष्टाचार गर्ने तत्कालिन आयोजना प्रमुखसहित ५ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

आयोगले पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेलका तत्कालिन योजना प्रमुख विजय चापागाईसहित तत्कालीन इन्जिनियर दिपक कुमार खड्का, तत्कालीन सव–इन्जिनियर गजेन्द्र प्रसाद राउत, तत्कालीन लेखा अधिकृत दुर्ण प्रसाद फुयाल र प्रबन्ध निर्देशक रवि सिंहले भ्रष्टाचार गरेको भन्दै आयागले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारका अनुसार ठेक्कामा निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएशन हुनपर्ने भन्दा फरक व्यहोराको भेरिएशन पेश गरिएको तथा सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराई, इष्टिमेट विपरीत काम गरेको पाइएको छ ।
आयोगले अनिमियता गर्ने ५ जनालाई प्रति व्यक्ति ६८ लाख ९३ हजार ७७८ रुपैयाँ दरले २ करोड ९७ लाख २४ हजार ९३२ रुपैयाँ मागदाबी सहित मुद्दा दर्ता गरेको हो ।

वि.सं.२०७८ साउन १२ मंगलवार १८:३९ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...