काठमाडौं । साताको चौंथो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । बुधवार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो कारोबार दिन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आज भने वृद्धि भई ९२ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले तेजावीको सुनको मूल्य भने ९१ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ । अघिल्लो दिन तेजावी सुन ९१ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १२ सय ५५ कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ साउन १३ बुधवार १०:४६ मा प्रकाशित