back
NMB ad

२३१.६७ प्रतिशतले बढ्यो सबैको लघुवित्तको नाफा, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार चौंथो त्रैमाससम्म ११ करोड ४३ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन गत वर्षको नाफाभन्दा २३१.६७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ४४ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको चुक्तापुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा १२ करोड ८० लाख ४ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने ४ करोड ३२ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थासंग २ अर्ब ४० करोड ७५ लाख ९९ हजार रुपैयाँ कर्जा सापटी लिएको छ । उक्त अवधिमा ९० करोड २८ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

उक्त अवधिमा ३ अर्ब ४३ करोड ७४ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा १ दशमलव ६१ प्रतिशतदेखि बढेर २ दशमलव २५ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ४९ पैसा, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ १३ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८२१ रुपैयाँ २२ पैसा र तरलता अनुपात २०.३१ प्रतिशत रहेको छ ।

वि.सं.२०७८ साउन १३ बुधवार १२:२० मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...