back
NMB ad

१० वर्षदेखि कर नतिर्नेको घरघरमा माइकिङ महानगर, कर छल्न खोज्नेमा शुभश्री को-अपरेटिभदेखी अस्पताल, कलेजसम्म

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिका करिब १० वर्षदेखि कर नतिर्ने करदातालाई खोज्दै हिँडेको छ ।

कर नबुझाउनेमा शुभश्री को–अपरेटिभ देखि विभिन्न मल, कृषि सामग्री संस्थान, अस्पताल, स्कुल तथा कलेज र केही व्यक्ति समेत रहेका छन् । उनीहरुबाट महानगरले करिब ७० करोड सम्पती कर लिनुपर्ने छ । महानगरले समयमा नै कर तिर्न भन्दै असार १६ गते सूचना पनि जारी गरेको थियो । उक्त सूचनामा १ महिनाभित्र कर तिर्न आउन भनेको थियो ।

यो अवधिमा २० मध्ये काठमाडौं इन्जिनियरिङ कलेज, देवेन्द्र लाल श्रेष्ठ,एन. आर. टी क्लब सम्पर्कमा आएको तर अरु १७ भने सम्पर्कमा नआएको महानगरका राजस्‍व विभागका प्रमुख डा. शिवराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार देवेन्द्र लाल श्रेष्ठले आफू अमेरिकामा भएको र आएर कर तिर्ने भन्दै इमेल पठाउनु भएको छ । अन्य सम्पर्कमा नआएहरुले साउन १५ गतेसम्म कर नतिरेको खण्डमा कानून अनुसार अघि बढने बताउनुभयो ।

अहिले पनि कतिपयले मुद्धा हाल्ने, कतिले हामीले कर नतिरेपनि हुन्छ भन्ने, कतिपय भाग्ने गरेका कारण महानगरले आज सबै ठाँउमा पुगेर माइकिङ गरेको डा. अधिकारीले बताउनुभयो ।

कर नतिर्नेमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायु हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एन.आर टी क्लब, युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, बागमती च्याम्बर, बुद्धबारी कम्पलेक्स, काठमाडौं इन्जिनियरिङ कलेज रहेका छन् । साथै आदर कम्प्लेक्स, नेपाल रेडक्रस सोसाइटी, कृषि सामग्री संस्थान, एलआरआई बोर्डिङ स्कुल, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, शुभश्री को -अपरेटिभ, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, गोपालजी पोपर्टिज प्रालि र स्टार मलले कर तिरेका छैनन् ।

डा. अधिकारीका अनुसार अहिले कोरोनाका कारणले गर्दा करमा छुट दिएको, २ वर्ष यताको कुनै पनि जरिवाना नपर्ने व्यवस्था गरिएको छ ।
कर नतिर्नेमा कतिपय व्यापारीक कप्लेक्स पनि रहेको र त्यो कम्प्लेक्सका मालिकले कर नतिर्दा पसल नै बन्द गर्न नपरोस, व्यपारीले पनि मालिकलाई कर तिर्न ताकेता गरुन भनेर नै आज माईकिङ गरेको उहाँको भनाई छ । महानगरले तोकेको अवधिसम्म पनि कर नतिरेको खण्डमा सबै ठाँउमा शिलबन्दी गर्न महानगर बाध्य हुने उहाँको भनाई छ ।

वि.सं.२०७८ साउन १३ बुधवार १३:३८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...