back
NMB ad

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत: भोलिदेखि कारोबार सुरु, ओपनिङ रेञ्ज ९१५ रुपैयाँ !

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ ।

कम्पनीको ६० लाख ८४ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएसंगै भोलि अर्थात बिहीबारदेखि कम्पनीको आईपीओ दोस्रो बजारको काराकेबार सुरु हुनेछ ।

कम्पनीको आईपीओले दोस्रो बजारमा पहिलो सेयर कारोबारका लागि ३०५ रुपैयाँ २७ पैसादेखि ९१५ रुपैयाँ ८१ पैसा सम्म ओपनिङ रेन्ज पाउने देखिएको छ ।

नेपाल धितोपत्र बोर्डमा बुझाएको विवरणअनुसार कम्पनीको आव २०७६÷७७ को बास्तविक प्रतिसेयर नेटवर्थ ३०५ रुपैयाँ २७ पैसा रहेको छ ।

सोही अनुसार कम्पनीले पहिलो कारोबारका लागि नेप्सेबाट उक्त मूल्य बराबरको ओपनिङ रेन्ज पाउने देखिएको हो ।नेप्सले कुनै पनि कम्पनीको पहिलो शेयर कारोबारका लागि सम्बन्धीत कम्पनीको प्रतिशेयर नेटवर्थको विन्दुदेखि त्यसको ३ गुणा विन्दुसम्मको ओपनिङ रेन्ज तोक्ने व्यवस्था रहेको छ । सोही अनुसार कम्पनीले पहिलो सेयर कारोबारको लागि ओपनिङ रेन्ज पाउने छ ।

कम्पनीले असार ११ गते देखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ३० हजार ४२० कित्ता कर्मचारीको लागि ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।

उक्त आईपीओ १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले पाएका छन् । कम्पनीको सेयरमा २० लाख १८ हजार ३०१ ओटा योग्य आवेदन परेको थियो । त्यसमा १ लाख ८४ हजार ८०१ आवेदकमध्ये पाँच जनाले आवेदकले ११ कित्ताका दरले शेयर पाएका थिए ।

वि.सं.२०७८ साउन १३ बुधवार १४:४६ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...