back
NMB ad

फोनपेले ल्यायो दिनदिनै एक लाख जित्ने नयाँ योजना

Kumari bank ad

काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’उपहार योजना सार्वजनिक गरेको छ ।

देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले उक्त योजना ल्याइएको हो । फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना – ठूला सबै व्यावसायलाई समेट्ने उक्त योजना श्रावण १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुनेछ ।

उक्त योजनामा हरेक दिन क्यूआर मार्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सक्नेछन् । उक्त योजनामा फोनपे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ ।

उक्त योजनामा सहभागि हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ ।

फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरि आफ्नो व्यवसायको प्याननम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिनेछ ।

उक्त योजनामा हरेक दिन विहान १२ बजे देखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने छन् । यो योजनाका विजेता लक्की ड्र मार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेशबुक लाइभ मार्फत गरिने छ । फोनपे मार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।

एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवाप्रदानगर्दै आएको छ ।

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।

वि.सं.२०७८ साउन १३ बुधवार १६:४१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...