काठमाडौं । भोलि अर्थात साउन १४ गते बिहीवारदेखि मैलुङखोला जलविद्युत् कम्पनीको आईपीओ निष्काशन हुने भएको छ ।
कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।
कुल सेयरमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणलाई निष्काशन हुने कम्पनीले जनाएको छ ।
उक्त आईपीओमा न्युनतमा १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन छिटोमा साउन १८ गतेसम्म र ढिलोमा साउन २८ गतेसम्म बिक्रीमा रहेने छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ साउन १३ बुधवार १७:१४ मा प्रकाशित