back
NMB ad

अटो क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ, अनुत्पादक क्षेत्र भन्न मिल्दैन: नाडा अध्यक्षका उम्मेदवार करण चौधरी [अन्तर्वार्ता]

Kumari bank ad

नाडा अटोमोबाइल्स एसोशियशन अफ नेपाल (नाडा) मा चुनावी सरगर्मी सुरु हुन थालेको छ । अहिलेको कार्यसमितिको कार्यकाल सकिनै लाग्दा आगामी कार्यकालका लागि नेतृत्व लिन चाहनेहरुले उमेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

अटोमोबाइल उद्योगको सुधार, आगामी दिनमा यो क्षेत्रलाई झनै प्रभावकारी बनाउँदै लैजान, अटोमोबाइल क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्नेको लागि आवश्यक पहल गर्ने भन्दै करण चौधरीले पनि अध्यक्षमा उमेद्वारी दिने घोषणा गर्नु भएको छ ।

चौधरीले नाडाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेसँगै हामीले उहाँको आगामी योजना, यो क्षेत्रका चुनौती, प्रदेश अनुुसार फरक-फरक कर, राष्ट्रिय अर्थतन्त्रमा यसको भूमिका, एसेम्बल प्लान्ट, एक्जीम कोड लगायत विषयमा कुरा गरेका छौं ।

वर्तमान कार्यसमितिमा उपाध्यक्ष पदमा रहेर अनुभव संगाल्नु भएका चौधरीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । अध्यक्ष पदका उम्मेदवार सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीसँग अर्थतन्त्र डटकमका लागि सोभित थपलियाले गरेको  गरेको कुराकानीको सम्पादित अंश:

नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ, यहाँको योजना के–के छन्, चुनौती कस्ता छन् ?

अटो उद्योगमा धेरै खाले चुनौतीहरु अझै पनि रहेका छन् । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण अटो उद्योगलाई नयाँ नयाँ चुनौती थपिएका छन् । अटोमोबाइल उद्योग राष्ट्रिय अर्थतन्त्रमा एक प्रमुख योगदानकर्ता हो ।

यो विलासिता भन्दा पनि बढी आवश्यक भएको बस्तु हो । हामी सबैको प्रयास भनेको अटोमोबाइललाई आम जनता को लागी अधिक सुलभ बनाउनमा नै केन्द्रित रहने छ । त्यसलाई नै केन्द्रमा राखेर काम गर्ने छौं । मेरो प्राथमिकता पनि यसैमा रहने छ ।

देश संघियता गइसकेको छ, नाडालाई सबै प्रदेशमा लैजाने तपाईको योजना के छ ?

मेरो मुख्य एजेन्डा भनेको नै नाडालाई प्रदेश प्रदेशमा आफ्नो संरचना सुदृढ गर्नु नै हो । मैले उमेद्धवार घोषणा गर्दा पनि प्रदेशका सदस्यहरुसँग मिलेर काम गर्ने योजना बनाएको छु । यो भयो भने सबै ठाँउमा भएका अटो उद्यमीहरूले भोगेको समस्या समाधानका सहयोग पुग्ने छ ।

यसको सुधारका लागि आवश्यक मुद्दाहरु पनि अघि बढाउन सहज हुनेछ । त्यसको लागि मैले पहल कदमी लिएर काम गर्ने छु । यसको लागि नाडा अटोमोबाइल एसोसिएसन नेपालले वर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलालको नेतृत्वले आवश्यक काम सुरु गरेको छ । यसलाई विविधिकरण गर्दै लगिने छ ।

यसअघि संघीय सरकारले सवारी साधनमा कर लगाउने गरेको थियो, तर अहिले प्रदेश सरकारले पनि कर लगाएको छ । यसमा नाडाको धारणा के छ ?

एकै शिर्षकमा राज्यले फरक-फरक कर लगाउँनु हुदैन भन्ने नाडा र हामी सबै व्यवसायीको माग रहेको छ । प्रदेश अनुसार फरक-फरक कर लगाउनु हुँदैन । हाम्रो देशको अर्थतन्त्र धेरै ठूलो छैन । फरक-फरक कर धान्न सक्ने अवस्था छैन । यसको लागि हामीले आवश्यक पहल कदमी गर्ने छौं ।

सरकारले अटो क्षेत्रलाई अनुत्पादक क्षेत्र भनिरहेको छ । व्यवसायीले उत्पादनमुलक क्षेत्र हो भनिरहनु भएको छ, यसको वास्तविकता के हो ?

राष्ट्रिय अर्थतन्त्रमा अटो क्षेत्रको सबैभन्दा ठूलो योगदान रहेको छ । अर्थतन्त्रको लागि प्रमुख योगदानकर्ता नै अटो क्षेत्र हो । अटो क्षेत्रले धेरै मानिसलाई रोजगारी दिएको छ । यो रोजगारदाता क्षेत्र पनि हो । त्यसैले अटो क्षेत्रलाई अनुत्पादन क्षेत्र हो भनेर भन्न मिल्दैन । यसमा कुनै तर्क देखिँदैन ।

हाम्रो वर्तमान जीवनशैली र विशेष गरी सार्वजनिक यातायात क्षेत्रमा अझै पनि गतिशीलता पर्याप्त छैन । अहिले अटोमोबाईल बिलासिता भन्दा पनि निकै आवश्यकताको विषय भएको छ । त्यसैले पनि हामीले सरकारसँग अटो क्षेत्रलाई बढी सुलभ बनाउन धेरै नै छलफलहरु गरेका छौं । हाम्रो निकै मेहनतले नै सरकारी निकाय पनि सकारात्मक बनेको छ । यो समस्या चाँडै नै हल हुने देखिएको छ ।

नेपालमा एसेम्ब्ली प्लान्टको चर्चा धेरै छ, यसका लागि के काम गरिरहनु भएको छ ?

यो काम अघि बढाउन हामी सँधै तयार नै छौं । हामीसँग यसको लागि भौतिक पूर्वाधार पनि तयार छ । तर यसमा उद्योगीले गर्ने लगानीमा निकै अन्योलता रहेको छ । एसेम्बल प्लान्टमा लगानी त गरौला तर लगानीको लागि ग्यारेन्टी आवश्यक छ । त्यसको जिम्मा कसले लिने । लगानीकर्तालाई लगानी मैत्री, स्पष्ट नीति आवश्यक छ । अहिले हामीले गर्ने लगानीको ग्यारेन्टी कसरी गर्ने भन्ने बारे स्पष्ट नीतिको अभाव छ । नीति बनेपछि यो कामले पूर्णता पाउने छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ, मौद्रिक नीतिबाट अटो मोबाइल क्षेत्रको अपेक्षा के छ ?

हामीले राष्ट्र बैंकलाई अटो क्षेत्रको विकासका लागि सक्रिय वातावरण बनाउन अनुरोध गरिरहेका छौं । मौद्रिक नीति अटोमोबाइल क्षेत्रले ग्रहण गर्न सक्ने होस भन्ने अपेक्षा र माग रहेको छ । तर विगत केही वर्षयता त्यस्तो हुन सकेको छैन ।

अटोमोबाइल भनेको वित्तीय बिक्री को एक महत्वपूर्ण हिस्सा ओगटेको क्षेत्र हो । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत फाइनान्सिङलाई सहज बनाउनको लागि डाउनपेमेन्टको संरचना र अटो लोनमा राम्रो ब्याजदरको व्यवस्ता गर्नुपर्छ । यो नै मेरो सुझाव रहेको छ ।

अहिले अटोमोबाइल क्षेत्रमा ब्यापार व्यवसायको अवस्था कस्तो छ ?

गत वर्ष कोरोना महामारीपछि अटोमोबाइल्सको माग बढेको देखिएको छ । कोरोनाको समयमा पनि उपभोक्ताहरूलाई निजी सवारी साधानको आवश्यकता थियो र छ पनि । यसको पछिल्लो तथ्याङक भने हामी तयार पारिरहेका छौं ।

कोरोना महामारी सुरुभए यता अटो मोबाइल क्षेत्रमा आबद्ध भएका व्यवसायीहरुले कस्तो खालको समस्या भोग्नु भएको छ ? त्यो समस्या समाधान गर्न कस्तो पहल भइरहेको छ ?

मुख्य मुद्दा भनेको ग्राहकहरूको विश्वास जित्नु नै हो । कोरोनाका कारण अर्थ व्यवस्थामा आएको समस्याका कारण उपभोक्ताको उपभोग्य शक्तमा कमी आएको छ । हाम्रो पहिलो चुनौती भनेको ग्राहकहरूमा हाम्रो विश्वास कायमै राख्नु र हाम्रो सुविधाहरुलाई कायमै राखेका छौं ।

हामीले भौतिक रुपमा हुने कामलाई डिजिटल तर्फ अग्रसर गराएका छौैं । धेरै डिजिटल कामहरु सुरु गरेका छैं । हामीले आर्थिक बोझ कम गर्नका लागि भन्दै स्मार्ट अटो लोनको पनि व्यवस्था गर्दै आएका छौं ।

एक्जीम कोड नविकरणले गर्दा व्यवसायीले कस्तो समस्या भोगिरहनु भएको छ ? तपाई अध्यक्ष भएपछि यो समस्या समाधान गर्न कस्तो पहल हुने छ ?

यसको लागि हामीले काम गरिरहेका छौं । अहिले पनि केही नभएको भने होइन । यो विषयमा हामीले सम्बन्धित धेरै निकायमा कुरा गरिरहेका छौं । यो कामलाई पूर्णता दिएर व्यवसायीले भोगेको समस्या सम्बोधन गर्न प्रयासरत छौं ।

वि.सं.२०७८ साउन १४ बिहीवार १७:३१ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...