काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सिईओ चन्द्रसिंह साउदलाई तिन दिने स्पष्टिकरण सोधेको छ ।
साउदले बुक विल्डिङ प्रणालीबाट साधारण सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा खरिद गरेकाे पाएपछि साउलाई तीनदिने स्पष्टिकरण साेधेकाे हाे ।
मन्त्रालयले त्याे विषयमा सत्य तथ्य के हो ? त्यसकाे विवरण ३ दिनभित्र पठाउन निर्देशन दिएकाे छ ।
वि.सं.२०७८ साउन १४ बिहीवार १९:०५ मा प्रकाशित